तनहुँको म्याग्देमा दोस्रो अध्यक्ष कप हुँदै, पालिकास्तरीय फुटबल प्रतियोगिताको उपाधि ३ लाख

पाेखरा | माघ २५, २०८१

तनहुँको म्याग्देमा दोस्रो अध्यक्ष कप हुँदै, पालिकास्तरीय फुटबल प्रतियोगिताको उपाधि ३ लाख

पोखरा:   तनहुँको म्याग्दे गाउँपालिकाले आगामी फागुन ८ गतेदेखि दोस्रो म्याग्दे गाउँपालिका अध्यक्ष कप गर्ने भएको छ । 


गाउँपालिकाले दोस्रो म्याग्दे गाउँपालिका अध्यक्ष कपमा गण्डकी प्रदेश पालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता, जिल्लास्तरीय सी लेभल ब्याडमिन्टन प्रतियोगिता र म्याग्दे गाउँपालिका वडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको हो । 


म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले म्याग्देको पर्यटन विकासका लागि खेलकुद भन्ने नारासहित फागुन ८ देखि २२ गतेसम्म दोस्रो म्याग्दे गाउँपालिका अध्यक्ष कपमा फुटबल,ब्याडमिन्टन र वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गरेको बताए । 


उनका अनुसार म्याग्दे गाउँपालिका वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता फागुन ८ देखि १० गतेसम्म सञ्चालन हुनेछ । पुरुष तथा महिला भलिबल प्रतियोगिताका विजेताले ५०÷५० हजार र उपविजेताले ५०÷५० हजार रुपैयाँसहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 


विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, सर्भर, सेटर,ब्लकर,लिब्रो र प्रशिक्षकलाई पालिकाको लोगो अंकित खेलकुद पोशाक प्रदान गर्ने पालिकाले जनाएको छ । 


यस्तै फागुन १३ देखि २२ गतेसम्म गण्डकी प्रदेश पालिकास्तरीय नकआउट फुटबल प्रतियोगिता म्याग्दे गाउँपालिका–७ छाङ्ग फुटबल मैदानमा सञ्चालन हुनेछ । 


उक्त प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेता टिमले १ लाख ५० हजार रुपैयाँसहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागतर्फ सर्वाधिक गोलकर्ता, उत्कष्ट मिडफिल्डर, डिफेन्डर, गोलरक्षक र प्रशिक्षकलाई जनही ५÷५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । 


यस प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने २ टिमलाई १५÷१५ हजार ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । गण्डकी प्रदेश पालिकास्तरीय पुरुष फुटबल प्रतियोगितामा सहभागी हुन एक पालिका टिमलाई ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको पालिकाले जनाएको छ । 


यस्तै जिल्लास्तरीय सी लेभल ब्याडमिन्टन प्रतियोगिता फागुन १६ र १७ गते म्याग्दे गाउँपालिका–४ थर्पु ब्याडमिन्टन क्लबको कवर्डहलमा हुनेछ । यस प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 


यस प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने २ टोलीले १०÷१० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । म्याग्दे गाउँपालिकाले यस प्रतियोगिता सञ्चालनमा लागि चालु आर्थिक वर्ष २०८१÷०८२ मा २० लाख रुपैयाँ बजेट बिनियोजित गरेको छ । 

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्